आगामी १५ दिनमा साढे दुई अर्ब घाटा हुने आयल नियमको प्रक्षेपण

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढे पनि आगामी १५ दिनमा करिब दुई अर्ब ५० करोड रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्षको फागुन महिनासम्म करिब २८ अर्ब रुपैयाँ नोक्सानी हुने अवस्था देखिएको निगमले जनाएको छ।

रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीवार कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै निगमको घाटा पनि उत्कर्षतर्फ पुग्दै गएको छ। निगमले पेट्रोलियम पदार्थ खरिदबापत भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम अपुग भएको भन्दै सरकारसँग सहयोग मागेको छ।

कर्मचारीको पोशाक संरक्षण खर्च कटौती

पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको छ। निगम सञ्चालक समितिको बिहीवार बसेको बैठकले घाटा न्यूनीकरणमा कर्मचारीका तर्फबाट योगदान गर्ने उद्देश्यले पोशाक संरक्षण भत्ता कटौती गरेको हो।

सञ्चालक समितिको निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोशाक संरक्षण भत्ता पाउने छैनन्। पोशाक संरक्षण खर्च कटौती भएपछि वार्षिक करिब ५० लाख रूपैयाँ खर्च न्यूनीकरण हुने निगमले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP