Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

निर्वाचन आयाेगलाई ओलीकाे प्रश्न : सबैले रुखैरुख देखाेस् भनेर हरियाे मतपत्र राख्न लागेकाे हाे ?

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावकाे मतपत्रको चिह्नहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । 

आज मङ्गलवार अखिल नेपाल महिला सङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आँखा कमजाेर हुनेले रुखैरुख देखोस् भनेर हरियो रङ्गको चिह्न राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने बताउनुभएकाे हाे । उहाँले निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो चिह्न राख्नुको कारण बताउनुपर्ने भन्दै यदी यो कुरा सत्य भए आयोगले त्रुटि सच्याउन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ । निर्वाचन आयोगले मतपत्रका चिह्नहरू हरियो रङ्गकाे राख्ने भयो रे, हरियो चिह्न किन राख्ने ? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुपर्‍याे । यदि हो भने कुन हिसाबले राख्ने ? आँखा कमजोर हुनेले रुखैरुख देखोस् भनेर हरियो चिह्न राख्ने हो ? यदि हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चारमाध्यमले आफ्नो त्रुटि सच्याउनुपर्‍याे । यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने उसले निर्वाचन आयोगले नै त्यस्तो त्रुटि सच्याउनुपर्छ । हरियो–सरियो हुँदैन ।’

कार्यक्रममा अध्यक्ष ओलीले छोरीहरूका लागि सबै तहका सरकारले नीति निर्माण गर्दा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अबका दिनमा छोरीहरूले रोजगारीका अवसर छोडे भने छोराहरूले पाउने स्थिति बन्दै जाने अवस्था सिर्जना भइरहेको पनि बताउनुभयो । 

अध्यक्ष ओलीले अहिले सरकारका हरेक अङ्गमा नेकपा एमालेको विरुद्ध प्रयोग भइरहेको बताउनुभयो । उहाँले सभामुख अग्निप्रसाद सापकाेटाको अहिलेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुखले नियम, कानुनको पालना नगरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP