Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

मृतक भरको कोरोना रिपोर्ट नेगेटिभ


माधव बेल्वासे
कपिलवस्तु,२५ चैत
कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको बिजयनगर गाउँपालिका २ जर्लैया घर भएका गोर्भधन भरको सोमवार साझ उपचारका क्रममा मृत्यु भएको थियो ।


एक दिन अघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परिक्षणको लागि भैरहवा पठाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बन्जाडेले बताउनुभयो । बिरामीलाई शुक्रवार शिवराज नगरपालिको चन्द्रौटामा रहेको अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाईएको थियो ।


‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकोले आइसोलेसनमा राखेर उपचार गरिएको बन्जाडले बताउनुभयो । कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएको भर कपिलवस्तुको पहिलो बिरामी हुन । रिपोर्ट नेगेटिभ आएकोले भरको शवलाई परिवारको जिम्मा लगाउने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP