Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

झापा गोल्डकप : आर्मीलाई पुरानो साख जोगाउन चुनौती

इलाम : तीन संस्करणको विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब पाँचौं झापा गोल्डकपमा पाहुना टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबसँग खेल्दै प्रतियोगिता सुरुवात गर्दैछ। घरेलु फुटबलको पावरहाउसमध्येको आर्मी लयमा रहेको टोली हो।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आर्मी सबैभन्दा भाग्यमानी टोली समेत हो। उसले यसअघि सहभागिता जनाएका चारमध्ये तीन प्रतियोगिताको उपाधि जित्दै आफूलाई अब्बल प्रमाणित गरेको छ।

आजको खेलमा झापाली दर्शक माझ भारतीय टोलीविरुद्ध उत्रिने भएकाले पनि आर्मीले समर्थन पाउने सम्भावना छ। भरखरै सम्पन्न सहिद स्मारक लिगमा आर्मी दोस्रो स्थानमा रहेकाले उपाधिको दावेदारको रुपमा समेत हेरिएको छ। नेपाली सिनियर तथा उमेर समूहको राष्ट्रिय टोलीका सदस्य भरत खवास, सुमन अर्याल, जजप्रिन्स कार्की, विकेथ कुथु, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, विवेक बस्नेत, गौतम श्रेष्ठ, जगजित श्रेष्ठ, दिनेश हेन्जनलगायत खेलाडी आर्मीको टिमबाट देखिनेछन्।

यता मानेभञ्ज्याङ भारतका विभिन्न क्षेत्रमा भएका साना–ठूला गोल्डकप एवं टोल कपको उपाधि रक्षा गर्दै विभागीय टोलीलाई चुनौती दिन तयार रहेको छ। मानेभञ्ज्याङले वेस्ट बंगालका विभिन्न क्षेत्रबाट समेटेर ल्याएका खेलाडी डोमलाल राजवंशी रंगशालामा पहिलो पटक उत्रिँदैछ।

यी दुई टोली पहिलो पटक प्रतिस्पर्धामा उत्रिने लागेका हुन्। अर्कोतर्फ आर्मीलाई मानेभञ्ज्याङविरुद्ध पराजयको बदला लिने एउटा सुनौलो मौका समेत छ। मोरङको सुनवर्षी नगरपालिकामा मंगलबार सम्पन्न चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्डकपको उपाधि भिडन्तमा आर्मी १–० गोल अन्तरले पराजित बन्दै उपविजेतामा सीमित भएको थियो। भेट्रान प्रतियोगिताको पराजयको बदला झापा गोल्डकपमा लिनका लागि आर्मी तयार रहेको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP