Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्थानीय तह चुनावमा तालमेल गर्नेबारे कांग्रेसले कुनै निर्णय गरेकाे छैन : उपसभापति खड्का

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने सम्बन्धमा अहिले पार्टीले कुनै निर्णय नगरेको बताउनुभएकाे छ । आज बुधवार पार्टीको केन्द्रीय कार्यालयमा भएकाे चुनाव लक्षित पत्रकार सम्मेलनमा उहाँले गठबन्धनको सम्बन्धमा कुनै छलफल नहुने उहाँले स्पष्ट पार्नुभयो । 

आउँदा दिनमा पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र त्यही निर्णयको आधारमा अघि बढ्ने उहाँले बताउनुभयो । 

उपसभापति खड्काले भन्नुभयो, ‘गठबन्धनको विषयमा चुनावकाे प्रक्रियाको छलफलको क्रममा हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्छ । कार्यसमितिको बैठकले चुनावका बारेमा, चुनावी तालमेलका बारेमा, चुनावी गठबन्धनका बारेमा छलफल गरेर निष्कर्षमा हामी पुग्छौँ । पार्टीको त्यो निष्कर्षभन्दा अगाडि अहिले गठबन्धन हुन्छ कि हुन्न ? तालमेल हुन्छ कि हुन्न ? भनेर छलफलको विषय हामी बनाउँदैनौँ । त्यो अपरिपक्व छलफल हुन्छ । जसरी एमसीसीमा कांग्रेस सर्वसम्मतिले एउटा निर्णयमा पुग्यो, त्यसैगरी यो चर्चामा आएको गठबन्धन चुनावी तालमेलको सम्बन्धमा सर्वसहमतिले हामी एउटा निर्णय गर्छाैँ । त्यो निर्णय लिएर जनताको बीचमा जान्छौँ । यसबाहेक कांग्रेस अलल्लिने पक्षमा छैन ।’

देशको परिस्थिति, गठबन्धन सरकारको भविष्यलगायतका तत्कालीन परिस्थितिको अध्ययन गरेर मात्रै गठबन्धनबारे निर्णय लिइने उहाँले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP