
रेडियो विजयनगर
चैत्र २५ – विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकाले स्वयम्सेविकाहरुलाई ५ हजार रुपियाँ प्रोत्साहन भत्ता दिने भएको छ । सरकारले लगाएको लकडाउन अवधीभर गाउँघरमा खट्ने स्वयम्सेविकालाई प्रोत्साहन भत्ता दिने गाउँपालिकाले जनाएको छ ।
विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि पलपलको खबर गाउँपालिकाले प्राप्त गर्न सम्पूर्ण स्वयम्सविकाहरुलाई फिल्डमा खटाएको हो ।
फिल्डमा परिचालन हुने स्वयम्सेविकाहरुले प्रत्येक घरको तथ्याङ्क संकलन गरी गाउँपालिकामा दिनहु विवरण उपलब्ध गराउनु पर्ने जनाएको छ ।
यस्तै गाउँपालिकाले प्रत्येक जनप्रतिनिधि र कर्मचारीहरुलाई ५ सय रुपियाँ रिचार्ज खर्च पनि दिने जानकारी दिएको छ । सरकारले लगाएको लकडाउन अवधीभर गाउँपालिकासँग सम्पर्कमा रहिरहनका लागि रिचार्ज खर्च उपलब्ध गराएको हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया