Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चुनावमा गठबन्धन गरेर जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुन्छ : थापा

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा चुनावमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ । आउँदाे चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताउनुभयो । 

प्रेस युनियन सुर्खेतले आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले भन्नुभयो, ‘कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो, महामन्त्री थापाले भन्नुभयो, यो गठबन्धनलाई थप बलियाे बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।’     

महामन्त्री थापाले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भन्नुभयो, ‘त्यति बेला तत्कालीन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो । दुई वटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरि एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ ।’ उहाँका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्ला–एक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ । 

महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा चुनाव लड्ने र आफ्नै तागतमा चुनाव लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो हप्ताभित्र निर्णय हुने स्पष्ट पार्नुभयो । अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उहाँले जानकारी गराउनुभयो । 

महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबन्डाकाे अन्त्य गर्न खोजेको बताउनुभयो । पार्टीभित्र हुने भागबन्डाकाे प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उहाँको भनाइ थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP