Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी : दलहरु चुनाव केन्द्रित अभियानमा

काठमाण्डाै – स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन् । नेपाली कांग्रेसले हिजोदेखि घरघर पुग्ने अभियान सुरु गरेको छ । एक महिनासम्म चल्ने अभियानमा गाउँ घरमा पार्टीको अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाउने कांग्रेसले जनाएको छ । अभियानका लागि कांग्रेसले सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि खटाएको छ ।

यस्तै एमालेले पनि चुनाव केन्द्रित कार्यक्रम थालिसकेको छ । एमालेका केन्द्रीय नेताहरू केही दिनदेखि नै देशदौडाहमा व्यस्त देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ विभिन्न जिल्लामा भएको कार्यक्रममा सहभागी भइरहनुभएको छ । केही दिनभित्रै औपचारिक रुपमा चुनाव केन्द्रित अभियान सुरु हुने एमालेले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले पनि गाउँठाउँमा चुनाव केन्द्रित अभियान थालिसकेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भइरहेका छन् । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले पनि ठाउँठाउँमा चुनाव केन्द्रित अभियान सुरु गरेको छ ।

छिटै चुनावी रणनीति बनाएर अघि बढ्ने एकीकृत समाजवादीले जनाएको छ । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले पनि औपचारिक रुपमा चुनाव केन्द्रित अभियान सुरु गर्ने तयारी गरेका छन् ।

सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको कुरा भइरहे पनि निर्णय भइसकेको छैन । माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेलमा जोड दिए पनि कांग्रेसमा यसबारे मतभेद छ । एकथरी नेताहरु केन्द्रबाटै चुनावी तालमेलको निर्णय हुनुपर्ने पक्षमा छन् भने अर्काथरी नेताहरुले स्थानीय आवश्यकताअनुसार तालमेल गर्नुपर्ने बताउँदै आएका छन् ।

चुनावमा कसैसँग तालमेल नगरि एक्लै जानुपर्ने आवाज पनि कांग्रेसभित्र बलियो छ । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगमा ११० राजनीतिक दल दर्ता भए पनि ८० दलले मात्रै दर्ताको लागि आयोगमा निवेदन दिएका थिए । आयोगले ७९ दललाई मात्र स्थानीय तह चुनावका लागि मान्यता दिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP