Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेसमा धेरै ‘स्काेप’ नभएकाले एमाले राेजेँ : मेयर सरावगी

काठमाण्डाै – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले मेयर सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण त्याे पार्टी राेजेकाे बताउनुभएकाे छ । आज सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘नयाँ पार्टी रोज्ने बेलामा मसँग दुई वटा विकल्प थिए । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि नै भिड छ । त्यहाँ धेरै स्कोप नभएको हुनाले मैले एमाले राेजेँ । एमालेका अध्यक्ष केपी ओलीजीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिकाे चाहनाबाट म प्रेरित भएँ । अब म एमालेको मेयर कहल्याउँछु र आउने दिनमा पनि एमालेबाट नै राजनीतिक यात्रालाई अगाडि बढाउँछु ।’

यस्तै मेयर सरावगीले जनता समाजवादी पार्टी छाेडेर नेकपा एमालेमा जाँदा पद पाउनका लागि कुनै सर्त नगरेकाे बताउनुभएकाे छ । पार्टीले आफ्नो काम र प्रस्तुति हेरेर जुन जिम्मेवारी दिन्छ, त्यही जिम्मेवारी लिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले एमाले प्रवेश गर्दा निःशर्त गएको छु । अब पार्टीले मूल्याङ्कन गर्ने हो । मेरो काम, कारबाही कस्तो रह्यो, त्यहीअनुसार हुन्छ । उहाँहरूले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु । अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु । यसका लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन । पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ । पार्टीको आदेशअनुसार, पार्टीको टिकट अनुसार म अगाडि बढ्छु ।’ 

मेयर सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताउनुभएको छ । मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भए पनि पार्टीभित्र दुर्व्यहार हुने गरेकाले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको बताउनुभयाे । 

उहाँले भन्नुभयो, ‘जनताले मलाई माया गरेर त्यति बेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले मलाई जुन ढङ्गले व्यवहार गर्नुपर्थ्याे, त्याे गरे । दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिँदा दिँदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यति बेला मलाई रोक्ने प्रयास गर्नुभयो । म रोकिए पनि । तर लगातार मसँग दुर्व्यवहार हुने, सामाजिक रूपमा मलाई मानमर्दन गर्ने कामहरू भइराखेका थिए । त्यो कारणले गर्दा मैले नयाँ पार्टी रोजेँ ।’ 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP