Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

न्यूयोर्कमा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ११ हजार

काठमाडौं । न्यूयोर्कमा कोरोना भाइरस (कोभिड १९ )बाट मृत्यु हुनेको संख्या झण्डै ११ हजार पुगेको छ । त्यहाँ सबैभन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकाकै धेरै हो ।

शवदाह गर्न पालोमा राख्नुपर्ने अवस्था भएपछि मृत्यु हुनेको शव लाइनमा राखिएको छ । न्यूयोर्क सिटीका अधिकारीहरुले तत्कालका लागि सार्वजनिक स्थानहरुमा शव राख्ने ठाउँ बनाउने बताएका छन् ।

सिटीका मेयर बिल दे ब्लाजियोले सिटीस्थित अस्पतालहरुका शवगृह भरिएका कारण अब सार्वजनिक ठाउँमा शव राख्ने बताएका न्यूयोर्क टाइम्सले जनाएको छ । टाइम्ससँग उनले भनेका छन्, ‘हामी अत्यन्तै प्रतिकूल अवस्थामा छौँ । अझै समस्या थपिदै गएको छ ।

हामीसँग ठूलो मात्रामा शवगृह उपलब्ध छन् । त्यसले धान्ने अवस्था छैन । हामी मृतकका परिवारसँग मिलेर नयाँ विकल्पका विषयमा सोच्दैछौं ।’ सिटी काउन्सिल हेल्थ कमिसनका प्रमुख मार्क डि लेभिनले सार्वजनिक पार्कहरुमा अल्पकालीन शवगृह बनाउने बताएका छन् ।

मेयर ब्लाजियोले भने पार्कमा शवगृह बनाउने कुरा अस्वीकार गरेका छन् । मेयर ब्लाजियोले सिटीले ब्रोङ्स स्थित हार्ट आइल्याण्डमा शव राख्ने व्यवस्था मिलाउने संकेत गरेका छन् । न्यूयोर्कमा झन्डै १ लाख संक्रमित र चार हजार जनाले ज्यान गुमाएका छन् ।-एजेन्सी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP