Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एथ्लेटिकोसँग पराजित हुँदै बाहिरियो युनाइटेड

काठमाडौं – एथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको छ । युनाइटेडको घरेलु मैदानमा रेनान लोडीले गरेको एक मात्र गोल निर्णायक बन्यो । दुई लेगको खेलमा पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । एथ्लेटिको समग्रमा २-१ गोलअन्तरले विजयी बन्यो ।

पराजयसँगै अब राल्फ रांगनिकको टोलीसँग अब प्रिमियर लिगको शीर्ष चारका लागि संघर्ष गर्ने विकल्प मात्र बाँकी रहेको छ । खेलमा युनाइटेडले लामो समय, विशेष गरेर दोस्रो हाफ, मा नियन्त्रण बनाए पनि एथ्लेटिकोको डिफेन्सलाई चिर्न सकेनन् ।

 उता बेन्फिकाले पनि आयाक्सलाई उसैको घरेलु मैदानमा १-० गोलले हराउँदै च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । दुई लेगमा समग्रमा बेनफिका ३-२ गोलले विजयी बनेको हो । बेनफिकाका लागि डार्विन नुनेजले निर्णायक गोल गरे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP