Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मधेसलाई काठमाडौंले अझै स्वीकार्न सकेको छैन : राजेन्द्र महतो

धनुषा-लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले शासन सत्तामा मधेसीको सहभागिता नभएसम्म मधेशको विकास हुन नसक्ने बताएका छन् । मंगलबार जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले मधेशले देशमा जति योगदान गरेपनि शासन व्यवस्थामा खसहरुकै नेतृत्व रहेकाले मधेसको विकास हुन नसकेको बताए ।

मधेशलाई काठमाडौंबाट शासन गर्ने शासकहरुले अझै पनि स्वीकार गर्न नसकेको बताए । नेता महतोले भने, ‘काठमाडौँबाट शासन गर्नेहरु आफूलाई ठूलो राष्ट्रवादी ठान्छन् र मधेशवादीलाई राष्ट्रवादी नै देख्दैनन् ।’ खसवादी शासकले ढाका टोपीमा मात्र राष्ट्रवाद देख्ने गरेको भन्दै धोती कुर्तामा राष्ट्रवादी नदेख्ने गरेको उनको भना भनाइ छ । महतोले भने, ‘यो नक्कली राष्ट्रवादको परिभाषा परिवर्तित हुनैपर्छ, मधेसीभन्दा यो देशमा कोही ठूलो राष्ट्रवादी छैनन् ।’

त्यस्तै मधेस प्रदेशका प्रदेशसभा सदस्य परमेश्वर साहले आफूहरुको भूमिका प्रदेशसभामा रहेकाले कानून निर्माणका हामीले विशेष ध्यान दिने बताए । यो ४ वर्षको अवधिमा थुप्रै कानूनहरु निर्माण गरिएको गर्दै प्रदेशसभा सदस्य साहले आउने दिनमा कानून कार्यान्वयनपछि परिवर्तन देखिने बताए ।

मधेस सरकारले संचालनमा ल्याएको ‘बेटी पढाऊ​, बेटी बचाऊ’ अभियानमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले मारेको साहले बताए । निष्पक्ष छानविनका लागि मुख्यमन्त्री लालबाबु राउतलाई मार्ग प्रशस्त गरेर सहयोग गर्न पटक पटक आग्रह गरेको उनले बताए । अख्तियारले छापा मारेको महिनौं बितिसक्दा पनि छानविनको प्रतिवेदन सार्वजनिक नगरिएकोमा उनले प्रश्न उठाएका थिए । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP