साफ यू -१८ फुटबल : नेपालको लगातार दोस्रो हार

काठमाडौं : साफ यू १८ महिला च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।  भारतको जमसेदपुरमा गएराति भएको खेलमा नेपाल दुई पटकको डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगको खेलमा ४–२ ले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो। यसअघि आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित रहेको थियो। 

बंगलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इति खातुन र साहदा अख्तरले गोल गरे।  नेपालका तर्फबाट दीपा शाही र अमिशा कार्कीले गोल गरे। 

डबल राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा तीन टिमको सहभागिता रहेको छ र नेपाल विना कुनै अंक पुछारमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP