Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विप्लवलाई सहभागी गराउने नाममा स्थानीय चुनाव सारे आन्दोलनको आँधीबेहरी ल्याउँछौं : महेश बस्नेत

काठमाडौं: नेकपा एमालेका नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेतले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने बताएका छन्। युवा संघको बृहत् युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले निर्वाचन सार्ने षडयन्त्र एमालेलाई मन्जुर नभएको बताएका हुन्। 

नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टी निर्वाचनमा भाग लिनु खुसीको कुरा भए पनि विप्लवलाई सहभागी गराउने नाममा चुनाव सार्ने कार्य अस्वीकार्य भएको उनको भनाइ छ।

‘विप्लव चुनावमा सहभागी हुनु खुसीको कुरा हो। केपी ओलीले सीके राउतसँगै विप्लवलाई शान्तिको मार्गमा ल्याएको हो,’ उनले भने, ‘तर विप्लवलाई ल्याउने नाममा चुनाव सार्ने कुरा गर्न पाइँदैन।’

विप्लवले निर्वाचनमा भाग लिने निर्णय गरे गठबन्धन सरकारले चुनाव सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने कुरा सुनिएको भन्दै नेता बस्नेतले थपे, ‘यो कुरा निर्वाचन आयोगले अस्वीकार गरोस्। वैशाख ३० गते हुने निर्वाचन एक मिनेट पनि सार्न पाइँदैन। होइन भने हामी सडकमा उत्रिन्छौं।’

बस्नेतले स्थानीय तहका जनप्रतिनिधि फेरि उम्मेदवार बन्न अगावै राजीनामा दिनुपर्ने प्रावधान पनि सच्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए। ‘दोहोर्‍याएर भाग लिन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने कुरा ठिक छैन। प्रधानमन्त्री र मन्त्रीले चुनाव लड्न राजीनामा दिनुनपर्ने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय जनप्रतिनिधिले राजीनामा गर्न लगाएर संविधानप्रदत अधिकार आयोगले खोस्न पाउँदैन। तत्काल सच्याओस्,’ उनले भने।

उनले अहिले अर्थतन्त्र धराशायी भएको र अर्थतन्त्र धराशायी भएको टिप्पणी गरे। चुनावी गठबन्धनलाई लिएर माओवादी अध्यक्ष प्रचण्डले दोहोरो चरित्र देखाएको भन्दै उनले एमालेले कुनै हालतमा नस्वीकार्ने बताए। ‘कांग्रेसतिर फर्केर एमालेसँग मिल्छौं। केपी ओलीले नबोलाए पनि जान्छौं भनेर कांग्रेसलाई तर्साउने भन्ने। एमालेतिर फर्केर कांग्रेससँग तालमेल गर्छु भनेर धाक लगाउने गरेका छन्। एमालेले अब माधव नेपाल र प्रचण्डलाई बोलाउँदैन। जिताउँदैन,’ उनले भने। 

उनले सर्वोच्च अदालतका न्यायाधीशलाई निष्पक्ष भूमिका निर्वाह गर्न र सत्ताको स्वार्थ तथा प्रभावमा फैसला नगर्न आग्रह गरे। ‘न्यायाधीशज्यूहरुलाई भन्न चाहन्छु, प्रचण्डजस्तो हत्यारा, माधव नेपालजस्तो हतिहारा, शेरबहादुरजस्तो अलच्छिनी, पंगु, असक्षमका कुरा सुनेर बहकिनुभयो भने एमालेले न्याय कायम गर्न जस्तोसुकै कदम चाल्न सक्छ। आवश्यक पर्यो भनेर आन्दोलनको आँधीबेहरी ल्याउँछौं,’ उनले भने।    

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP