Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

महाधिवेशन माग गर्दै कांग्रेस पार्टी कार्यालयमा नेविसंघको प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्नेलगायत माग पूरा गर्न पार्टी नेतृत्वमाथि दबाब दिन शुरु गरेको छ। हालै नेविसंघको विधानमा ३२ बर्से उमेरको हदम्याद लगाइएपछि विवाद शुरु भएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले आइतबार नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाउँदै नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिल खनालले भविष्यमा बलियो पार्टी निर्माणका लागि आज बलियो नेविसंघ निर्माण गर्न आवश्यक रहेको बताए। उनले नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेर समूहका विद्यार्थी नेताको व्यवस्थापन नै अहिलेको आवश्यकता भएको बताउँदै नेविसंघको विधानको पूर्ण कार्यान्वयन गराउन,  सबै उमेरका विद्यार्थीको प्रतिनिधित्व हुने गरी विधानबमोजिम तदर्थ समिति गठन गर्न पनि माग गरे।

पूर्वकेन्द्रिय सदस्य खनालले भने, ‘भविष्यमा बलियो पार्टी निर्माणको लागि आजको बलियो नेविसंघ निर्माण गर्न आवश्यक छ। आजको बलियो नेविसंघ बनाउन उक्त समयमा विभिन्न संघर्ष र समय लगानी गरेका हजारौँ नेता कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्न आवश्यक छ। एउटा ऐतिहासिक पार्टी, लोकतान्त्रिक पार्टी, गौरवशाली पार्टी र समावेशी पार्टीभित्र सिन्डिकेट लगाएर पाखा लगाउन खोज्नु न्यायको सिद्धान्तविपरीत छ।

उनले ‘घरका खम्बा भाँचेर बलियो घरको निर्माण गर्छु भन्नु दिवास्वप्न मात्रै हो’ भन्दै ‘नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेर समूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यकताअनुसार नेविसंघको विधानको पूर्ण कार्यान्वयन गरियोस्’ भनेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रबारे पार्टी सभापतिलाई जानकारी गराउने प्रतिबद्धता जनाए। उनले पार्टी सभापतिले गरेको निर्णयलाई सबै जिल्लाका पार्टी निकट भ्रातृ संगठनले स्वीकार्ने विश्वास लिएको पनि उनले बताए।

नेविसंघ सघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियु निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित  गर्न मागसमेत गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP