
कास्की । गण्डकी प्रदेशमा कोराना भाइरस संक्रमणको आशंकामा १२४ जनाको नमूना संकलन गरिएको छ। तीमध्ये परीक्षण सकिएका ७२ वटाको रिपोर्ट नेगेटिभ आएको छ।
बाँकी ५२ जनाको नमूना परीक्षण भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताउनुभयो। कोभिड–१९ को शंका लागेमा घरबाटै चिकित्सकसँग परामर्श लिन ’हेलो डाक्टर १०९२’ कार्यक्रम प्रभावकारी भएको पनि शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार हेलो डाक्टर कार्यक्रममा अहिलेसम्म ४८५ जनाले चिकित्सकसँग कोभिड–१९ बारे सोधपुछ गरेका छन्। रासस
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया