Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कृषकलाई सहयोग गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

हृदयराम गुप्ता


मर्चवार २६ चैत

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले किसानहरुलाई सहयोग गर्न स्थानीय तहलाई निर्देशन दिएका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)संग भिडियो संवादमा मुख्यमन्त्री पोखरेलले भने, अहिले बाली भित्राउने समयमा लकडाउन भएकोले किसानहरुलाई केही सहयोग भएन भने भोलिको दिनमा खाद्यान्नको संकट आउन सक्छ, । सामाजिक दुरीलाई पनि कायम राखी सबैले किसानहरुप्रति स्थानीय तह सहयोगी बन्नुपर्नेमा उनले जोड दिए ।

उनले कोरोना भाइरसको संक्रमण भइसकेका व्यक्तिहरुको लागि विशेष व्यवस्था गर्नैपर्ने र अन्य व्यक्तिहरुको हकमा पञ्जा, माक्स, सेनिटाइजरको व्यवस्था सामाजिक विकास मन्त्रलायसंग सबैले माग गर्न आग्रह गरे ।


पछिल्लो समय भारत तथा तेस्रो मुलुकबाट नेपालमा धेरै आएको र तीमध्ये केही क्वारेन्टाइन तथा केही होम क्वारेन्टाइनमा बसेको बताए । क्वारेन्टाइनमा रहेका सबैलाई निगरानीमा राख्न आवश्यकता रहेको पोखरेलले बताए ।
कोराना भाइरससंग सम्बन्धित लक्षण भएको व्यक्तिहरुलाई भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रमा रहेको प्रयोगशालामा चेकजाँचको लागि पठाउन उनले बताए ।


दैनिक ज्यालादारीमा काम गर्नेहरुको लागि वितरण भइरहेको राहत सामाग्रीहरु सक्षम ब्यक्तिहरुले समेत लिन खोजेको कुरा आएकोले त्यसमा ध्यान दिन उनले गरे । मगन्ते संस्कृति कायम भयो भने सरकारमाथि ठुलो आर्थिक भार हुने उनको भनाइ छ ।


त्यस्तै सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लले पालिकाभरीमा अफै खटेर नेपाली तथा स्थानीय भाषामा कोरोना सचेतना अभियान जारी राखेको कुरा मुख्यमन्त्री पोख्रेललाई बताए । पालिकाको वडा नम्बर ७ मा निर्माण गरिएको क्वारेनटाइनमा बसेका २५ जनाले होमक्वरेन्टाइनमा बस्न भनेपछि विभिन्न सारोकारवाहरुको रोहबारमा ती व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा पाठाइएको बताए । ती होमक्वारेन्टाइनमा बसेकाहरुलाई नियमित निगरानी गरिरहेको कुरा शुक्लले बताए । अहिलेको समयमा १० जान होम क्वारेन्टाइनमा रहेको उको भनाइ छ ।


अर्कोतर्फ उनले सम्मरीमाई गाउँपालिकामा एम्बुलेन्स नहुँदा आपतकालिन कार्यम केही समस्या भएको बताए । त्यसै गरी स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मीहरुको निकै अभाव तथा रहेका स्वास्थ्यकर्मीहरुलाई चाहिने आधारभूत सामाग्रीको समेत अभाव रहेको मुख्यमन्त्री समक्ष कुरा शुक्लले भने । कोरोनाका लक्षण चेकजाँच गर्ने ज्वरो मापन यन्त्र एक थान मात्र रहेको उनले जानकारी गराए ।


सम्मरीमाई गाउँपालिका भारतको खुल्ला सीमाना करी १० किलोमिटरसंग जोडिएको हुँदा प्रहरी र गाउँपालिका एक आपसमा विभिन्न किसिमका सम्पर्क समन्वय गरी प्रभावकारी रुपले सीमा क्षेत्रमा निगरानी गरी कडाइ गरिएको शुक्लले बताए । उनले कोरोनासंगै लामखुट्टेले गर्दा डेंगुरोग समेत उत्पन्न हुन सक्ने सम्भावना रहेको कुरा बताउँदै त्उसको नियन्त्रणको लागि प्रदेश सरकारले पहल गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP