Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्थानीय तह चुनावमा कुनै पनि पार्टीसँग तालमेल हुन सक्छ : महताे

पर्सा – लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महताेले आउँदाे स्थानीय तहकाे चुनावमा कुनै पनि पार्टीसँग तालमेल हुन सक्ने बताउनुभएकाे छ । आज बिहीवार पर्साकाे वीरगञ्जमा चुनाव लक्षित गरी आयाेजना गरिएकाे प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले आवश्यकताअनुसार जिल्लाका नेताहरूले पनि चुनावी तालमेल गर्न सक्ने जानकारी दिनुभयो ।  

नेता महतोले भन्नुभयो, ‘गठबन्धन नै गर्नुपर्छ भन्ने चाहिँ होइन, त्यस्तै परे कुनै पार्टीसँग चुनावकाे समयमा गठबन्धन हुन सक्छ । हामीले गठबन्धनको राजनीतिका लागि बढी जोड गरेका छैनौँ । भविष्यमा आवश्यकताअनुसार गठबन्धनको सम्भावना रहेकाले कुनै पनि दलसँग गर्न सकिन्छ ।’

वरिष्ठ नेता महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै नेता महतोले मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाउनुभयो । सत्ताका लागि मधेसी जनतालाई सहादत मात्र दिन लगाउने र मधेसवाद छैन भन्ने कुरा गलत रहेको उहाँकाे भनाइ छ । 

वरिष्ठ नेता महतोले मधेसमा विभिन्न तहमा समस्यामा परेका जनतालाई हक, अधिकार दिलाउन पार्टी लड्दै गरेकाले त्याे नै मुख्य एजेन्डा रहेको पनि बताउनुभयो । 

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरूको सक्रियता बढ्न थालेको छ । दलहरूले पार्टी प्रवेशकाे कार्यक्रमदेखि वडा–वडामा प्रचारप्रसार कार्यालय स्थापना गरेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP