Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राष्ट्रिय महिला लिग : आज तीन खेल हुँदै

चितवन : राष्ट्रिय महिला लिग फुटबलमा आज तीन खेल हुँदैछन्। चितवनको भरतपुरमा जारी लिगमा शुक्रवार पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ।

यस्तै‚ दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ।

बिहीवारदेखि सुरू भएको लिगमा एपिएफ क्लब विजयी भएको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो। एपिएफको जितका लागि कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरेका थिए। आर्मीबाट रश्मि गुरुङले एक गोल गरिन्।

यस पटक लिगको पहिलो चरणका खेल बागमती प्रदेशको भरतपुरमा आयोजना गरिएको हो। डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेल भरतपुर महानगरपालिका-१९ शारदानगरस्थित  खेल मैदानमा हुनेछ। पहिलो चरणका खेल चैत ३० गतेसम्म हुनेछ। दोस्रो चरणका २८ खेल भने प्रदेश १ को मोरङको विराटनगरमा हुनेछन्।

लिग विजेताले २० लाख र उपविजेताले १० लाख रूपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख रूपैयाँ प्राप्त गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ। यस्तै‚ फेयर प्ले टिमले एक लाख पाउनेछ। लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०–५० हजार तथा उदीयमान खेलाडीले २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार रूपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP