Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

काठमाडौं :  चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्। उनी आज साँझ ६ बजे विशेष विमानमार्फत काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भ्रमणका क्रममा विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

पाकिस्तानबाट अफगानिस्तान पुगेका  वाङ हिजो नयाँ दिल्ली पुगेका छन्। त्यहाँबाट सिधै काठमाडौं अवतरण गर्नेछन्। चिनियाँ टोली २५ सदस्यीय टोलीको नेतृत्व गर्दै आउने टोलीमा चीनका परराष्ट्र, उर्जा, सुरक्षा, अर्थ र वाणिज्य मन्त्रालयका बरिष्ठ अधिकारी तथा पत्रकार  सहभागी रहनेछन्।

वाङ नेतृत्वको चिनियाँ टोली सोमबारदेखि पाकिस्तान भ्रमणमा थियो। पाकिस्तानबाट वाङले अघोषित भ्रमणमा बिहीबार अफगानिस्तान पुगेर तालिबान अधिकारीसँग भेट गरेका थिए। उनी काबुलबाट सिधै नयाँ दिल्ली उत्रिएका थिए। 

वाङको आज साँझ कुनै पनि उच्चस्तरीय भेटवार्ता हुने छैन। उनले आएलगत्तै काठमाडौँस्थित चिनियाँ राजदूत होउ यान्छी र दूतावासका अधिकारीसँग ब्रिफिङ लिनेछन्।

शनिबार बिहान १० बजे परराष्ट्रमन्त्री डा खड्कासँग वाङले दुई पक्षीय भेटवार्ता गर्नेछन्। खड्काले वाङलाई दिवाभोज दिने कार्यक्रम छ। त्यही समय नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ। 

शनिबार दिउँसो नै वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्नेछन्। आइतबार बिहान ९ बजे वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पालैपालो भेट्नेछन्। आइतबार दिउँसो ३ बजे उनी बेइजिङ उड्ने कार्यक्रम छ।

चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलाई लिएर गृहमन्त्री बालकृष्ण खाँणले आवश्यक सुरक्षा गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार बसेको सुरक्षा समितिको बैठकमा उनले सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक सुरक्षा सर्तकता अपनाउन आदेश दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP