Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै कोलकाताको विजयी सुरुवात

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ ।

हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराउँदै कोलकाताले विजयी सुरुवात गरेको हो । पहिलो खेलमा चार पटकको विजेता चेन्नई कोलकातासँग पराजित भयो । १ सय ३२ रनको विजयी लक्ष्य कोलकाताले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

कोलकाताका अजिक्या रहाणेले सर्वाधिक ४४ रन बनाए । चेन्नईका ड्वेन ब्राभोले ३ तथा मिचेल सान्टनारले एक विकेट लिए । वानखडे मैदान मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।

चेन्नईका पूर्व कप्तान महेन्द्रसिंह धोनी ५० रनमा अविजित रहे । डेब्यु कप्तानी गरेका जडेजा २६ रनमा अविजित रहे । सन् २००८ देखि चेन्नईको कप्तानी गर्दै आएका धोनीले यस पटक रविन्द्र जडेजालाई कप्तानी हस्तान्तरण गरेका छन् ।

आईपीएलमा आज दुई वटा खेल हुँदैछन् । दिल्ली क्यापिटल्स र मुम्बई दिउँसो पौने चार बजे र पञ्जाब किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुका पौने आठ बजे खेल्दैछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP