Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेसले कसरी धेरै सिट जित्छ भन्ने कुरा ध्यानमा राखेर गठबन्धन हुन्छ : प्रवक्ता महत

ठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे स्थानीय तहको चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । 

आज आइतवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरैभन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताउनुभयो । 

प्रवक्ता महतले भन्नुभयो, ‘आवश्यकताको सिद्धान्तमा चुनावमा जाने भनेको भावनाको विषय मात्रै होइन, चुनावमा बढीभन्दा बढी सफलता हासिल गर्नका लागि हामी चुनावमा जाने र बढीभन्दा बढी सफलता हासिल गर्न कतिपय ठाउँमा समझदारी गरेर गठबन्धन गरेर पनि जानुपर्दछ भन्ने नै धेरैजसाे साथीहरूको मत छ ।

के गर्दा पार्टीलाई धेरै फाइदा हुन्छ, बढी सिट जित्न सकिन्छ । त्योभन्दा अरू कुनै मापदण्ड हुन सक्दैन । आवश्यकताको सिद्धान्तलाई मध्यनजर राखेर निर्णय हुन्छ ।’

प्रवक्ता महतले स्थानीय तहको चुनावमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुङ्गो भोलि (सोमवार) लाग्ने पनि बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP