Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चुनावी गठबन्धनबारे कांग्रेसको केन्द्रीय समिति बैठकमै नेताहरूबीच विवाद

काठमाण्डाै – अरू दलसँग चुनावी तालमेल गर्ने विषयमा नेपाली कांग्रेसको केन्द्रीय समितिमा पनि नेताहरूबीच विवाद देखिएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अरू दलसँग गठबन्धन गर्नुपर्ने बताउनुभएको छ भने महामन्त्री गगन थापा र नेता शेखर कोइरालालगायतले गठबन्धन गर्न नहुने बताएका छन् ।

सभापति देउवाले २०७४ सालको चुनावमा आफूले पनि बल्लतल्ल चुनाव जितेको स्मरण गर्दै आउँदाे चुनावमा गठबन्धन गरेमा नेपाली कांग्रेस बलियो हुने र गठबन्धनले लगभग सबै ठाउँमा चुनाव जित्ने बताउनुभयो । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेले चुनाव जितेमा परिवर्तन नै जोखिममा पर्ने भएकाले एमाले र केपी शर्मा ओलीलाई सत्तामा आउन रोक्न पनि गठबन्धन गर्नुपर्ने बताउनुभयो ।

तर महामन्त्री गगन थापाले आफू सैद्धान्तिक रूपमा कांग्रेसका कार्यकर्तालाई अरू दलको चुनाव चिह्नमा भोट हाल्न आग्रह गर्ने पक्षमा नरहेको बताउनुभयो । अहिले अरू चिह्नमा भोट हाल्न बाध्य बनाउने कार्यकर्तालाई भविष्यमा कांग्रेसमै ल्याउन नसकिने अवस्था आयो भने के गर्ने भनेर थापाले प्रश्न गर्नुभयो । यस्तै नेता शेखर कोइरालाले केन्द्रले गठबन्धन गर्ने निर्णय गरे पनि तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । सभापति देउवाले पार्टीभित्रका सबै गुट उपगुटलाई मिलाउने र अरू नेताहरूको पनि विचार सुन्ने हो भने कांग्रेस एक्लैले चुनाव जित्ने कोइरालाको भनाइ छ ।

गठबन्धन गर्ने/नगर्नेबारे कांग्रेसले औपचारिक निर्णय भोलि मङ्गलवार मात्रै गर्ने भएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP