
काठमाण्डाै – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठले अदालतमा जनताले ढुङ्गा हान्ने अवस्था आउन नदिने बताउनुभएकाे छ ।
आज मङ्गलवार सिंहदरबरमा बसेको संसदीय समितिकाे बैठकमा सांसदहरूले साेधेकाे प्रश्नकाे उत्तर दिँदै प्रस्तावित न्यायाधीश श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे । साथै उहाँले न्याय सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन आफू केन्द्रित हुने उल्लेख गर्नुभयाे ।
यसैबीच समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । योग्य, क्षमतावान् र अनुभवी रहेको कुरा सुनवाइको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
श्रेष्ठलाई गएकाे फागुन २७ गते बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया