Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमाले सरकारले गरेका काम लिएर जनतामा जानू : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उपलब्धिहरूलाई जनतामाझ लिएर जान निर्देशन दिनुभएको छ ।

आउँदाे वैशाख ३० गते हुने तय भएकाे स्थानीय तह चुनावकाे प्रतिबद्धता–पत्र तयारीसम्बन्धी कार्यशालालाई आज बुधवार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर अघि आए पनि कुनै फरक नपर्ने गरी काम गर्न पनि आग्रह गर्नुभयो । 

पार्टीका देशभरकै स्थानीय तह हेर्ने नेतृत्वलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौँ मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुननिश्तित छ ।’

एमालेका उपाध्यक्ष एवम् घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेलले प्रतिबद्धतापत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै जनताका बीचमा पुग्न आग्रह गर्नुभयो ।

भर्चुअल बैठकमा पार्टीका स्थायी कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पार्टीका तर्फबाट गएकाे चुनावमा स्थानीय तहमा निर्वाचित पालिकाका प्रमुख सहभागी हुनुहुन्छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP