Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सुदूरपश्चिम प्रदेशसभा : कांग्रेस–एमाले एक ठाउँमा, सरकारविरुद्ध एक हुने सहमति

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकारविरुद्ध एक भएर जाने सहमति भएको छ। धनगढीमा दुई प्रतिपक्षी दल कांग्रेस र एमालेबीच बुधबार भएको बैठकले यस्तो सहमति गरेको हो। 

उक्त बैठकबाट आफूहरु सुदूरपश्चिम सरकारको विपक्षमा एक भएर उभिने टुंगोमा पुगेको नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरूले बताएका छन्। केन्द्रमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन भए पनि सुदूरपश्चिममा कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा छ।

सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा सत्ता साझेदार दलका रूपमा समाजवादी रहेको छ। सुदूरपश्चिम प्रदेशसभामा हाल एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका १०, जसपाका एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक प्रदेश सांसद छन्।

केन्द्रमा भएको सत्ता गठबन्धन प्रदेशमा लागू नभएको भन्दै कांग्रेस पहिल्यैदेखि रुष्ट बन्दै आएको थियो। जसका कारण प्रदेशमा एमालेसँग कांग्रेस नजिकिएको हो। कांग्रेसका प्रदेश सांसद भरत खड्काले केन्द्रको भन्दा पनि प्रदेशको आवश्यकताअनुरूप गठबन्धन गर्नुपर्ने बताए।

‘प्रदेशमा एकतर्फी रूपमा सरकारले काम गर्दै आएको छ। त्यसको भागीदार हामी किन बन्ने ? केन्द्र सत्ता गठबन्धन तोडेर नयाँ समीकरण बनाउनुपर्ने देखिएको छ। मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारविरुद्ध गठबन्धन बनाउने निर्णय गरेको छ,’ उनले भने। 

यस्तै, कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा रणबहादुर रावलले पनि सुदूरपश्चिम सरकार चलाउन नयाँ समीकरण बन्ने बताए। ‘एमाले पनि अहिले प्रतिपक्षमा छ। उसले कांग्रेसको साथ पाउँदा सरकारको विरोध गर्ने शक्ति बलियो हुन्छ,’ उनले भने।

यता, एमालेका प्रदेश संसद लीलाधर भट्टले भने नयाँ समीकरणबारे छलफल नभएको बताउँदै कांग्रेस र एमालेबीच सरकारका गलत प्रवृत्तिविरुद्ध सशक्त भएर अघि बढ्ने सहमति मात्र भएको बताए। ‘हामी दुवै प्रतिपक्षीको साझा धारणा र समान एजेण्डा छन्। छलफलबाट पनि त्यही निष्कर्ष निकालेका छौँ,’ उनले भने।

सरकारका कमीकमजोरीविरुद्ध कांग्रेस र एमाले एक भएर जाने उनको भनाइ छ। कांग्रेसले प्रदेशस्तरमा गठबन्धन नै गर्न चाहेमा पनि एमाले तयार रहेको उनले जनाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP