कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा ५५ सदस्य थप
ghanashyam
२०७८ चैत्र १७, बिहीबार ०२:२७ गते
96 Shares
काठमाण्डाै – नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा ५५ जना सदस्य थप भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा हिजो ५५ सदस्य मनोनयन गर्नुभएको हो ।
समितिको सदस्यहरुमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहनुभएको छ ।
स्थानीय तह चुनाव केन्द्रीय परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्थानीय तह चुनाव केन्द्रीय परिचालन समितिका सदस्यहरु :
प्रतिक्रिया