Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी देउवाबीच आज भेटवार्ता

काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी नरेन्द्र मोदीसँग द्वीपक्षीय भेटवार्ता गर्दैछन्। 

देउवाले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग विहान सवा ११ बजे छलफल गर्नेछन्।  त्यसपछि पौने १२ बजेदेखि प्रतिनिधिमण्डल स्तरीय वार्ता हुने कार्यसूची रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ। 

कार्यसूचीअनुसार वार्तापछि दुवै प्रधानमन्त्रीले चार वटा परियोजना उद्घाटन गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिमण्डल स्तरीय वार्तापछि दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ।

हिजो नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिएका हुन्। आज नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदान प्रदान हुने देउवाले बताए।  

तीन दिने भ्रमणका लागि हिजो नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई भारतीय विदेश मन्त्री एस जयशंकरले भेटको एजेन्डाबारे ब्रिफिङ गरेका थिए।  द्वीपक्षीय वार्ता अघि प्रधानमन्त्री देउवा विहान पौने ११ बजे राजघाटस्थित महात्मा गान्धीको समाधि स्थल पुगेर माल्यार्पण गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ। 

यस्तै आजै दुवै देशका प्रधानमन्त्रीले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा दिल्लीबाटै संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गर्ने कार्यक्रम छ। देउवाले आजै भारतीय उपराष्ट्रपति वेन्कैया नायडुसँग पनि भेट गर्ने छन्।

उनी भोली विहान बनारस जाने कार्यक्रम छ। त्यहाँ उनले काशी विश्वनाथ मन्दिर, साम्राजेश्वर पशुपतिनाथ महादेव मन्दिर र कालभैरव मन्दिरको दर्शन गर्नेछन्। 
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्ने र उनको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ। उत्तर प्रदेशबाट दिल्ली फर्केपछि प्रधानमन्त्री देउवा भोलि साँझ नै काठमाडौं फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

देउवाले हिजो भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पार्टी कार्यालयमै पुगेर भेटवार्ता गरे। त्यस्तै भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले भेटवार्ता गरे।

यस्तै देउवा भारतका लागि नेपालका राजदूत शङ्कर प्रसाद शर्माले दूतावासमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP