
घनश्याम भर
चैत्र २७ –विजयनगर
विजयनगर गाउँपालिकामा अवस्थित प्रभु बैँक शाखाले विहिवार विजयनगर गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ । बैँकले ४ क्युन्टल चामल, २० किलो चिउरा, १ क्युन्टल दाल, ४० किलो सोयाविन, ४ पेटी तेल, १ पेटी बिस्कृत र ९ पोका भुजा लगायत सामग्रीहरु गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापालाई हस्तान्तरण गरिएको बैँक शाखा प्रबन्धक शतिस कुमार केवटले जानकारी दिनुभयो ।
गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा राहत स्वरुप खाद्यान्न प्रदान गरेको केवटले बताउनुभयो । यस विषम परिस्थितिमा प्रभु बैँकले अत्यावश्यक खाद्यान्न उपलब्ध गरएकोमा गाउँपालिका अध्यक्ष गोपाल बहादर थापाले धन्यावाद दिनु भएको थियो ।
अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लगाएको लकडाउनको चपेटामा परेका गरिब, विपन्न र गरी खाने मजदूर वर्गका लागि राहत स्वरुप उक्त खाद्यान्न हस्तान्तरण गरिएको बैँकले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया