Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गण्डकी प्रदेश : स्थानीय तहकाे चुनावमा तालमेल गर्ने सहमति

कास्की – स्थानीय तहको चुनावमा सत्ता रुढ दलहरु बिच तालमेल गर्ने सहमति भएसँगै गण्डकी प्रदेशमा पनि यसको तयारी गरिएको छ । शुक्रबार नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको ५ दलका प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले स्थानीय तह चुनावमा मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयाे ।

सभापति शर्माको अध्यक्षतामा भएको प्रदेश र जिल्ला स्तरका नेताहरुको बैठकले स्थानीय चुनावका लागि प्रदेश स्तरमा तालमेल गर्दै ५ दलको संयुक्त घोषणापत्र जारी गर्ने सहमति भएको हाे । गठबन्धनका गण्डकी प्रदेश भित्र दलहरुले आगामी आ–आफ्नो संगठनको वर्तमान सांगठनिक अवस्थाको यथार्थ विवरणमा तहतका संगठनबाट संकलन गरि विस्तृत विवरण आगामी बैठकमा पेस गर्ने निर्णय भएको सभापति शर्माले बताउनुभयाे ।

गठबन्धनको आगामी बैठक चैत २२ गते बसेर थप छलफल गर्ने उहाँको भनाई थियो । बैठकमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा)  गण्डकी प्रदेश अध्यक्ष मोतिप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल लगायतका गण्डकी प्रदेश स्तरका शीर्ष नेता छलफलमा सहभागीता जनाएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP