Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

माओवादीले जितेकाे स्थानीय तहमा मात्रै राम्राे काम भएकाे छ : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गर्नुभएको छ । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताउनुभयो । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज शनिवार गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उहाँले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै राम्रो काम भएको तर अन्य सयौँ स्थानीय तहमा कामै नभएको जिकिर गर्नुभयो । 

अध्यक्ष दाहालले प्रदेश र सङ्घमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैँ समस्या आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘अस्ति मात्रै एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरू हेर्दा पाँचमध्ये तीन वटा त माओवादी केन्द्रले जितेकोमा मात्रै भएकाे छ भनेर देखायाे । अरू सयौँ छन्, त्यहाँ चाहिँ राम्रो काम भएन भन्ने रिर्पोट आयो । ’

अध्यक्ष दाहालले परिवर्तनको नेतृत्व आफ्नो पार्टीले गर्ने तर त्यसलाई सम्हालेर देशको नेतृत्व गर्न नपाउँदा देशमा फेरि पनि परिवर्तन खतरामा पार्ने अवस्थामा आएको बताउनुभयो । उहाँले परिवर्तनको पक्षमा उभिएकै कारण भूतपूर्व गोर्खा सैनिकहरूले आफ्नो पार्टीलाई रोजेको भन्दै धन्यवाद दिनुभयो ।

अध्यक्ष दाहालले भूतपूर्व गोर्खा सैनिकहरूको समस्या आफूलाई राम्रोसँग थाहा भएको भन्दै समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने आश्वासन पनि दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP