Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्थानीय तहकाे चुनावपछि देशमा राम्रा दिन सुरु हुन्छ : अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह चुनावपछि देशमा राम्रो दिनको सुरुवात हुने बताउनुभएको छ । अध्यक्ष ओलीले स्थानीय तह चुनावपछि आफ्नो पार्टी आउने र देशका लागि राम्रो दिनको सुरुवात हुने दाबी गर्नुभएको हो ।

निर्यात उद्योग व्यवसायी महासङ्घ नेपालले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सङ्घीय संसद्को चुनावपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘स्थानीय तह चुनावपछि राम्रा दिन सुरु हुन्छ । पछिको चुनावबाट झ्याप्पै राम्रा दिन आउँछ ।’

ओलीले स्वदेशी वस्तुको उत्पादन गरी देशमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरूलाई आग्रह गर्नु भयो । उहाँले अनावश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना वस्तुहरूको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।

ओलीले देश रेमिट्यान्सले धानिएको उल्लेख गर्दै अब त्यसको भर पर्न नहुने पनि धारणा राख्नुभयाे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP