
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयश त्रिपाठीले उपत्यकामा अलपत्र परेकाहरुलाई गाउँ फर्कन दिने विषयमा गृहकार्य जारीरहेको बताउनुभएको छ । उहाँले अझै एक दुई दिन गृहकार्य गर्न लाग्ने भएकाले सरकारको निर्णय पर्खन आग्रह गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै मन्त्री त्रिपाठीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत चारजना मन्त्री बसेर यो समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयको गृहकार्य मिलाउन छलफल गरेको जानकारी दिनुभयो ।
त्रिपाठीले भन्नुभयो,‘गृहकार्य गर्ने भनेर सल्लाह मात्रै भएको हो । निर्णय भएको होइन । दैनिक १५ हजार मान्छे हिडेर गइरहेका छन् । उनिहरुलाई यो ढंगले पठाउनु हुदैन भनेर कसरी गर्ने भन्ने विषयमा हामीले छलफल गरेको हो । प्रदेश सरकारहरुसंग र स्थानीय तहसंग पनि छलफल भएको छैन । उनिहरुको पनि राय लिएर निर्णय गर्ने विषयमा छलफल भएको हो । निर्णय भयो भने आएका कुरा गलत हुन्’ ।
उहाँले हिडेर नै धेरै जनताले घर फर्किन थालेकाले यो समस्या समाधान गर्न निर्देशन दिएपछि उपप्रधानमन्त्रीसंग चार जनामन्त्री बसेर गृहकार्यका लागि छलफल गरेको भन्दै ‘प्रदेश सरकारसंग छलफल गरेर, यातायात व्यावसायीसंग छलफल गरेर निर्णय लिनुपर्छ । दुरी कायम गर्दै ओषधीको व्यवस्थादेखि उता राख्ने ठाउको व्यवस्था गर्नुपर्ने भएकाले यो समस्या कसरी समाधान गर्ने विषयमा छलफल भएको’ भन्नुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया