
काठमाडौं : नेपालको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। मंगलबार दशरथ रंगशालामा भएको खेमला मच्छिन्द्र श्रीलंकाको ब्लु-स्टार क्लबसँग २-१ ले पराजित हुँदै पहिलो खेलबाटै बाहिरिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले गोल गरे। मछिन्द्रका कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए पनि टिमको हार टार्न पर्याप्त भएन। खेलमा सुरुवातबाटै ब्लु स्टारले मच्छिन्द्रमाथि दबाब बढाएको थियो।
खेलमा १५औं मिनेटमै ब्लु स्टारले पेनाल्टीको अवसर पाए पनि गोलरक्षक विशाल श्रेष्ठले बचाउँदै मछिन्द्रको सुरुवाती संकट टारेका थिए। देवेन्द्र तामाङले पेनाल्टी बक्समा सेनाल सन्देशलाई फउल गरेपछि ब्लुस्टारले पेनाल्टी पाएको थियो। तर, एरेपाडे ओमबेबेको पेनाल्टी प्रहारलाई विशालले बचाएका थिए।
तर‚ पहिलो हाफमानै अग्रता बनाउने क्रममा २४औं मिनेटमा फजलको चलाखीपूर्ण फ्रिकिकमा मोहमेद इसानले गोल गर्दै ब्लु स्टारलाई सुरुवाती अग्रता दिलाए। लगत्तै अग्रता बनाउने क्रममा ब्लु स्टारका लागि २८औं मिनेटमा सन्देशले गोल गरे। रञ्जित धिमालले क्लियर गर्न नसेकेको बललाई सन्देशले नियन्त्रणमा लिँदै सहज गोल गर्दा मच्छिन्द्र दबाबमा परेको थियो।
पहिलो हाफमा २-० ले पछि परेको मच्छिन्द्रले दोस्रो हाफमा भने गोलका राम्रा मौका बनाएको थियो। ६७ औं मिनेटमा अभिषेक रिजालको क्रसमा बिमलको हेड पोलमा लागेर फर्किँदै रिवाउन्डमा छिरिङ गुरुङको प्रहारलाई कप्तान थरिन्डु इरांगाले गोललाइनबाट बचाउँदा मच्छिन्द्र अभागि सावित भएको थियो।
इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए पनि मछिन्द्रका लागि शान्त्वना गोलका रुपमा रह्यो। अब दोस्रो चरणमा ब्लु स्टारले भारतको एटिके मोहन बगानसँग खेल्ने छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया