Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

उपप्रमुख भएर अनुभव बटुलेका महिला जनप्रतिनिधि भन्छन् : अब प्रमुखमा हाम्रो दाबी

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीलाई आउँदो चुनावमा मेयर बन्ने चाहना छ । तर उहाँले आफ्नो चाहना पार्टीमा खुलेर भन्न सक्नुभएको छैन। 

‘मेरो एकपटक प्रमुख भएर पालिका हाँक्ने इच्छा छ,’ जाग्रीले भन्नुभयो, ‘तर महिलालाई मुख्य पद दिन हुँदैन भन्ने परिपाटी हाम्रोमा छ । सबै कुरामा सक्षम हामी महिला पनि प्रमुख बन्न पाउनुपर्छ भन्ने मेरो माग हो । मेरो दाबी पनि यसैमा छ।’

प्रायः सबै दलमा महिलालाई प्रमुख दिनु हुँदैन भन्ने सोच विद्यमान रहेको उहाँले बताउनुभयो । महिलालाई महत्त्वपूर्ण पदमा ल्याउन नखोज्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको उहाँको भनाइ छ । ‘महिला के मा कम छौँ र ? लेखेपढेका छौँ । ५ वर्ष उपप्रमुख भएर काम गरेका छौँ। त्यसैले अबको मेरो दाबी प्रमुखमै रहन्छ,’ उहाँले भन्नुभयो । उपप्रमुख भएर काम गर्दा पनि प्रमुखबाट सहयोग नपाइने र फेरि जिम्मेवारी दिन नचाहने नेतृत्व रहेकाले अब महिलाले सोच्नुपर्ने समय आएको उहाँले बताउनुभयो ।

महिला उपप्रमुख भएकै कारणले पुरुष जनप्रतिनिधिले सहयोग नगरेरै आफ्नो कार्यकाल सकिन लागेको बझाङका उपप्रमुखहरु बताउँछन् ।

खप्तडछान्ना गाउँपालिकाका उपाध्यक्ष पाउसरा थापा भन्नुहुन्छ, ‘कतिपय पालिकामा कार्यपालिकाकै बैठकबारे पनि महिला जनप्रतिनिधिलाई जानकारी हुँदैन।’ यस्तो अवस्थामा पनि आफूहरुले काम गरेको उहाँ बताउनुहुन्छ । स्थानीय तहको पहिलो कार्यकाल भएकाले कर्मचारीदेखि कार्यालय व्यवस्थापनमा धेरै समय खर्च भएको उहाँको भनाइ छ । 

छविसपाथीभेरा गाउँपालिकाकी उपाध्यक्ष राधिका रताला जोशीले पनि अध्यक्षको उम्मेदवार बन्ने इच्छा अनुसार तयारी गरिरहेको बताउनुभयो । ‘अब हामीले पनि प्रमुख बन्ने तयारीमा जुट्नु पर्छ,’ उहाँले भन्नुभयो, ‘५ वर्ष उपाध्यक्ष भएर काम गरेपछि अब स्वतः प्रमुखमै दाबी हुनु स्वाभाविक पनि हो । केही थाहा नपाएरै पदमा पुगिएको थियो, अब स्थानीय तह सञ्चालन सम्बन्धी धेरै विषयमा जानकार भइसकेपछि प्रमुख भएर काम गर्ने चाहना छ ।’ 

खप्तड छान्ना गाउँपालिकाकी धिरा खत्रीले २०७४ सालको स्थानीय तहको चुनावमा उपाध्यक्षमा उठ्नुभएको थियो । उहाँ १ मतले पराजित हुनुभयो । उहाँ यसपालि अध्यक्षको टिकटका लागि दाबी गरिरहनुभएको छ । आफूहरुले प्रमुखको पद पाए जिल्लाको नमुना पालिका बनाउन सक्ने क्षमता महिलामा पनि छ भनेर देखाउन सक्ने उहाँको दाबी छ । ‘नेतृत्वले अवसर दिँदैन, महिलालाई उपप्रमुखमै सीमित गर्ने प्रवृत्ति छ । उप पद महिलाका लागि मात्रै हो भन्ने बुझाइ छ । यो सोच र यो बुझाइ परिवर्तन गर्न जरुरी छ’ उहाँले भन्नुभयो ।

पार्टीका घोषणापत्रमा मात्र महिलालाई सीमित नराखेर प्रमुख पदमा ल्याउनुपर्ने जोड आफ्नो रहेको खत्रीले बताउनुभयो । महिला जनप्रतिनिधिलाई पुरुष जनप्रतिनिधिदेखि कर्मचारीहरूले असहयोग गर्ने गरेको उहाँको पनि गुनासो छ ।

बुङ्गल नगरपालिकाकी उपमेयर मिना जागरी पनि महिलालाई उपप्रमुखमा मात्र सीमित गर्न नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पाँच वर्ष सिकाइ भएको छ । दलहरूले महिलालाई उपमै मात्र सीमित राख्न हुँदैन, महिलाले पनि प्रमुखको लागि आवाज उठाउनुपर्ने बेला आएको छ । प्रमुख भएर पुरुषले भन्दा राम्रो तरिकाले काम गर्ने क्षमता महिलाले पनि राख्छन् ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP