
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताउनु भएको छ ।
अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम पनि भन्न थालेको दावी गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित पार्टीको जनसभामा बोल्दै उहाँले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहरुले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताउनु भयो । एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले गफाडीहरुलाई गफ गर्न र अरुको अपमान गर्न दिँदा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीको पक्षमा जनलहर नै आइरहेको छ । अहिले जनताले सबै ठाउँमा कलम भन्न थालेको छन । एकीकृत समाजवादी भन्न थालेको छन । गफाडीलाई गफ गर्न दिनोस् । अरुको अपमान गर्न दिनोस् । हामी काम गरेर देखाऔं । इमान्दारिता, निष्ठा, समर्पणले काम गर्ने गरौं । कसैले हामीलाई हेप्न नसकून् ।’
अध्यक्ष नेपालले विना कामको भ्यूटावर र गेट बनाउने नाममा स्थानीय तहमा अर्बौ बजेट खर्च भईरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले सो रकम युवाहरुलाई निर्व्याजी ऋणको रुपमा सरकारले दिएको भए जनता गाँस र बासको अभावमा छटपटिनुपर्ने अवस्था अन्त्य हुने दाबी समेत गर्नु भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया