Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आउन थाले मतदान सामग्री, प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने आयाेगकाे तयारी

काठमाण्डाै – पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् । मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएको छ ।

नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजरलगायत आइपुगेको छ । यी धेरैजसो सामग्री भारतबाट आएका छन्। चुनावमा ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् ।

मतपेटिका चीनबाट आयात भइसकेको तर अहिलेसम्म आयोगले बुझिनसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यसपालिको पालिका चुनावमा ९५ हजार मतपेटिका प्रयोग हुने अनुमान छ । त्यसमध्ये २५ हजार खरिद गरिँदैछ । बाँकी मतपेटिका आयोगसँग मौज्दात छ । निर्वाचन आयोगले चुनाव हुनु एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी गएको फागुन अन्तिम हप्ता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो ।

मतदान प्रयोजनका लागि आयोगले १० वटा प्याकेजमा २३ प्रकारका सामग्री खरिदको सम्झौता गरेको थियो । त्यसमध्ये झन्डै १५ प्रकारका सामग्री आयोगले प्राप्त गरेको प्रवक्ता पौडेलले बताउनुभयो । यी सामग्री आवश्यक प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी छ ।

आयोगले जिल्लामा खटिएका निर्वाचन अधिकृत, अधिकृत र अधिकारीलाई आवश्यक तालिम दिने पनि तयारी गरेको छ । आउँदो ३० गते विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा र वैशाख २ गते जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा तालिम दिने तयारी छ । तालिम चुनावको व्यवस्थापन र तयारीमा केन्द्रित हुने आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

पालिका चुनाव आउन अब ३३ तीन मात्रै बाँकी छ । हिजोदेखि चुनावको आचारसंहिता समेत लागू भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP