म्यानचेष्टर सिटी र लिभरपुलले बराबरी खेले

काठमाडौं : इंग्लिस प्रिमियर लिगका उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्।आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे। इतिहाद स्टेडियममा घरेलु टोली सिटीले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ। खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, खेलको १३ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १(१ गोलको बराबरीमा ल्याए। खेलको ३६ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २(१ को अग्रता दिलाए।

तर, ४६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २(२ गोलको बराबरीमा ल्याए। यस्तै खेलको ६३ औं मिनेटमा सिटीका रहिम स्ट्रर्लिङले गरेको गोलले मान्यता पाएन। भीएआरले उनलाई अफसाइड देखाएको थियो।

यस बराबरीसँगै लिगको उपाधि होड थप रोमान्चक बन्दै गएको छ। यस बराबरीसँगै सिटीले ३१ खेलमा ७४ अंक जोडेको छ। सिटी शीर्ष स्थानमा रहेको छ।  लिभरपुल ३१ खेलमा ७३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

गएराति नै भएका  अन्य खेलमा ब्रेनफटले वेष्टह्यामलाई २-० ले हराउँदा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २-१ ले पाखा लगायो। यस्तै बर्नली नर्विचसिटीसँग २-० ले स्तब्ध बन्यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP