Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस

काठमाण्डाै – सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस भएको छ । पालिका चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ ।

पालिकामा पाँच दलको मतभारको अवस्था, गठबन्धन गर्नुपर्ने या नपर्ने लगायत विषयको जानकारीसहितको प्रतिवेदन पठाउन केन्द्रले निर्देशन दिए पनि तल्ला तहबाट प्रतिवेदन आइनसकेको गठबन्धनका नेताहरुले बताएका छन् । केही जिल्लामा तालमेलबारे छलफल भए पनि कतिपय ठाउँमा छलफल हुन सकेको छैन ।

गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने भन्नेबारे विवाद छ । तल्लो तहबाट उम्मेदवार सिफारिस भएर नआएपछि हिजो बसेको गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ। प्रदेश र जिल्लामा सहमति कायम गरेर केन्द्रमा उम्मेदवारको नाम पठाउने म्याद पर्सि ३० गतेसम्म थप गरिएको छ । गठबन्धनका अरु दलले कांग्रेसलाई ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका छन् । माओवादीले २०७४ सालको चुनावमा जुन पार्टीले नेतृत्वमा जितेको छ, यस पटक पनि त्यही दलले नेतृत्व लिने र एमालेले जितेको पालिकामा भागबन्डा गर्ने प्रस्ताव गरेको छ।

एकीकृत समाजवादीले २०७४ सालको चुनावमा एमालेले जितेको पालिकामध्ये आधा आफूले पाउनुपर्ने र आधा अरुले बाँडेर लिनुपर्ने प्रस्ताव गरेको छ । जसपा र राष्ट्रिय जनमोर्चाले सम्मानजनक रुपमा भागबन्डा गर्नुपर्ने अडान लिएका छन्  । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP