Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमालेबाट धमाधम उम्मेदवार सिफारिस हुँदै : ललितपुरमा व्यञ्जनकार, भरतपुरमा सुवेदी

काठमाण्डाै – पालिका चुनावका लागि एमालेको तल्लो कमिटीबाट उम्मेदवारको नाम सिफारिस हुन थालेको छ । कतिपय ठाउँमा सर्वसम्मत रुपमा नाम सिफारिस भएका छन् भने धेरै ठाउँमा आकाङ्क्षी सबैको नाम सिफारिस गरिएको छ ।

एमालेबाट ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार सिफारिस हुनुभएको छ । ललितपुर महानगर कमिटीले व्यञ्जनकारलाई मेयरका लागि सिफारिस गरेको हो । व्यञ्जनकार २०७४ को चुनावमा कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित हुनुभएको थियो । 

यस्तै, एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदीको नाम सिफारिस भएको छ । वाग्मती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका सुवेदीलाई एमाले भरतपुर महानगर कमिटीले मेयरको उम्मेदवारमा सिफारिस गरेको हो । 

यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । एमाले नगर कमिटी सचिवालय बैठकले बहालवाला मेयर द्वारिकलाल चौधरीसहित ६ जनाको नाम  सिफारिस गरेको हो ।

चौधरीसहित उपमेयर लक्ष्मी गौतम, उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईँ, इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरीको समेत मेयरमा नाम सिफारिस भएको छ ।

एमालेले यही महिनाभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न अन्तरपार्टी निर्देशन दिएको थियो ।

गाउँ तथा नगरपालिकाका वडाध्यक्ष र सदस्यहरूका उम्मेदवारको निर्णय सम्बन्धित वडा र पालिका कमिटीको सिफारिस जिल्ला कमिटीले गर्ने, निर्णयमा विवाद आए एक तह माथिल्लो कमिटीमा पठाउने, केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको निर्णयमा पुनर्विचार गर्न सक्ने एमालेको उम्मेदवार छनोटसम्बन्धी मापदण्ड छ ।

एमालेले उम्मेदवारको नाम सिफारिसको अन्तिम मिति पर्सि ३० चैतसम्मका लागि तोकेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP