Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सरकारसँग अझै ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने पैसा छ : विजय पाैडेल

काठमाण्डाै – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गर्नुभएको छ । 

आज सोमवार पार्टी केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा युवा सङ्घ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा चर्चा भएजत्तिको आर्थिक सङ्कट नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयाे, ‘अहिले पनि साढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने पैसा छ । भनेजस्तो कडा सङ्कट छैन । विदेशमा आफन्त भएकाहरूलाई स्राेत नखोजी पाँच/सात सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको सङ्कट हट्छ ।’  

उपमहासचिव पौडेलले रकम बढी परिचालनमा ल्याउनका लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरूले तिर्न नसकेको ऋणलाई पुनः पुँजीकरणको सुविधा दिनुपर्ने बताउनुभयो । उहाँले ऋणमा रहेका व्यवसायीहरूलाई सरकारले पुनः पुँजीकरणको सुविधा दिँदा व्यापारीहरू पनि कालोसूची (ब्ल्याक लिस्ट) मा नपर्ने र काम पनि हुने बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP