Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

तालमेलको मोडालिटी टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धनले आज तालमेलको मोडालिटीबारे टुंगो लगाउन बैठक बस्दैछ । गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो।बैठक अपरान्ह  ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस नेता तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए। 

हिजोको बैठकले स्थानीय तहको आगामी निर्वाचनमा तालमेल गर्ने घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेको हाे। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित अपीलमा आगामी निर्वाचनमा आपसी सहकार्य र परस्पर सहयोगका लागि पाँचदलका नेता कार्यकर्तालाई आह्वान गरिएको छ। 

सार्वजनिक अपीलमा लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास भएको भन्दै परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको दाबी गरिएको छ।

गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्र समेत बनाएको छ। तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुंग्याउने बताइएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP