Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विप्लवलाई ओलीको सुझाव : चुनाव सार्ने गठबन्धनको षडयन्त्रको मतियार नबन्नुस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई देखाएर स्थानीय तहको निर्वाचन सार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले माओवादी के‍न्द्र र एकीकृत समाजवादी कांग्रेसको पुच्छर मात्र भएको र दुवैको काम कांग्रेसको जीउमा हिँड्ने झिँगा र मच्छर धपाउने मात्र रहेको भन्दै व्यंग्यसमेत गरेका छन्।

ललितपुरमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले नै चर्चा चल्न थालेको छ। प्रचण्डको मतियार भएर साँठगाँठ गरेर चुनाव बिथोल्न गठबन्धनको प्रयास भइरहेको छ।’

२०५९ सालमा लोकतन्त्र समाप्त पार्न शेरबहादुर देउवाले स्थानीय तह रिक्त पारेको स्मरण गर्दै अहिले पनि त्यस्तै षड्यन्त्र बुनिरहेको आरोप ओलीले लगाए। उनले भने, ‘पहिला पनि माओवादीको बहानामा चुनाव नगरेर देशलाई देउवाजीले प्रतिगमनमा लगे। अहिले पनि पाँचदलीय गठबन्धनले चुनाव हुन नदिन खोजेको थियो। अहिले विप्लवलाई बहाना बनाएर चुनाव सार्न खोजिएको छ। नक्कली कानुन बनाएर अध्यादेशमार्फत कानुन ल्याएर सार्न खोजिरहेको छ।’

ओलीले माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकी रहेको टिप्पणी गरे। माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई कांग्रेसको पुच्छरको संज्ञा दिए। ‘पुच्छर भए पनि, सिङ भए पनि यिनीहरु खासमा कांग्रेस नै हुन्‚’ अध्यक्ष ओलीको आरोप लगाए।

कांग्रेसको जिउमा हिँडेका झिँगा र मच्छर धपाउने काममा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी लागि परेको उनले दोहोर्‍याए। 

विप्लवलाई चुनावमा जाने वातावरण बनाउन उनले सरकारसँग आग्रह गरेका छन्। उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्न नपाउने बताउँदै विप्लवका नेता कार्यकर्तालाई जेलमुक्त गर्ने वातावरण बनाउन सरकारमाथि दबाब दिए।

ओलीले भने, ‘विप्लवजीको दुईवटा कुरा छ। एउटा चुनाव सारेर भएपनि सहभागी हुने वातावरण बनाउनु पर्‍याे। अर्को जेलमा भएका साथीहरूलाई छाड्नु पर्‍याे।अहिलेको गठबन्धनको सरकारलाई दबाब दिनु पर्दैन। तुरुन्त न्यायोचित ढंगले जेलमुक्त गरेर विप्लवलाई चुनावमा भाग लिने वातावरण तयार गर्नुपर्छ। तर कुनै पनि बहानामा ३० गते हुने निर्वाचन सार्न मिल्दैन। त्यो देशविरुद्ध षड्यन्त्र हुन्छ।’ 

उनले विप्लवलाई गठबन्धनको चुनाव सार्ने षड्यन्त्रकाे शिकार भएर इमानदार नेताको छवि नबिगार्न आग्रह गरे। उनले भने, ‘विप्लवजीहरूले चुनावमा भाग लिएर स्वतन्त्र रूपमा लाग्नुपर्छ। तपाईंका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस्। तर सूर्य चिह्नबाट चुनाव लड्नुस्। पार्टी र कार्यकर्ता तपाईंकै हुन्छन्।’

४० करोड काण्ड बाहिरिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले कारबाही गरेको भन्दै उनले आपत्ति जनाए। ४० करोड काण्डमा मिलेर खाने अर्थमन्त्री जनार्दन शर्माको योजना सफल हुन नसकेपछि गभर्नरमाथि सरकारले कारवाही चलाएको उनकाे आरोप छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP