Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विवादकाबीच बागमती सरकारद्वारा अध्यादेश जारी

हेटौंडा : विवादका बाबजुद बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न ऐन संशोधन गर्न ४ वटा अध्यादेश जारी गरेको छ।

सरकारले जारी गरेको अध्यादेशलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले ४ वटा अध्यादेश प्रमाणीकरण समेत गरेका छन्।

प्रमुख शर्माले विवादित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश पनि प्रमाणित गरेका छन्।

प्रदेश सरकारले प्रतिष्ठान ऐन संशोधन गर्न अध्यादेश जारी गर्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको थियो।

एमाले नेतृत्वको अघिल्लो सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्दै मकवानपुर जिल्लाको एक मात्रै सरकारी अस्पताल हेटौंडा हस्पिटललाई प्रतिष्ठानमा गाभेको थियो।

तर, वर्तमान सरकारले प्रतिष्ठानबाट अस्पताललाई अलग्याउन अध्यादेश जारी गर्ने निर्णय गरेको भन्दै एमालेले सरकारको चर्को विरोध गर्दै आएको थियो।

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग्याउँदा अस्पतालको सेवा सुविधा खस्किने र अस्पताल रिफर सेन्टरको रुपमा स्थापित हुने भन्दै एमालेले सरकारको विरोधमा हेटौंडामा प्रदर्शन समेत गरेको थियो।

एमालेबाट साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गर्दा प्रतिष्ठान स्थापना गर्दै सरकारी अस्पताललाई स्वायत्त निकायमा गाभेका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले अध्यादेश ल्याउने निर्णय खारेज नगरे आन्दोलन नै गर्ने चेतावनी समेत दिएका थिए।

गठबन्धन नेतृत्वको वर्तमान सरकारले जिल्लाको एक मात्रै सरकारी अस्पताललाई स्वायत्त निकायमा गाभ्दा अस्पतालको स्वामित्व मासिएको भन्दै ऐन नै संशोधन गरेर अस्पताललाई प्रतिष्ठानबाट अलग्याउने प्रयास गरेको छ।

प्रतिष्ठानलाई प्रदेश सरकारको गौरवको आयोजनामा राखेर प्रतिष्ठानको नाममा जग्गा खरिद गरी आफ्नै स्थायी भवन बनाउने योजना रहेको सरकारले बताएको छ।

प्रदेश प्रमुख शर्माले स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संशोधन) अध्यादेश प्रमाणित गरेका छन्।

यो सँगै अब प्रदेश सरकारले आफैँले कर्मचारी राख्ने बाटो पनि खुल्ला भएको छ।

जारी अध्यादेशलाई प्रदेश सभाको आगामी बैठक सुरु भएको ६० दिन भित्र प्रतिस्थापन विधेयक पेश गरी प्रदेश सभा बैठकबाट पारित गर्नुपर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP