Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेस रोल्पाले खोज्यो आधा हिस्सा, नभए गठबन्धन नगर्ने

रोल्पा – नेपाली कांग्रेस रोल्पाले सबै पालिका र वडामा आधा हिस्सा नपाए गठबन्धन नगर्ने भएको छ । कांग्रेस राेल्पाले हिजाे मङ्गलवार जिल्ला पार्टी कार्यालयमा गरेको वृहत् छलफलबाट जिल्लाका १० पालिकामध्ये पाँच वडामा प्रमुख र पाँच वडामा उपप्रमुखमा दाबी गर्ने निष्कर्ष निकालेको हो । यस्तै ७२ वडामध्ये ३६ वडामा एक सदस्यसहित अध्यक्ष र ३६ वडामा तीन वटा सदस्य पाउनैपर्ने र याे नभए एक्लै चुनावमा जाने जनाएको छ ।

गठबन्धन दलहरूले कांग्रेसको निर्णय मान्न तयार भए गठबन्धन गर्ने नभए सौहार्दपूर्ण तरिकाले एक्लै चुनावमा जाने निष्कर्षमा पुगेको नेपाली कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र १४ औँ महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्याशीहरूको उपस्थितिमा भएको बैठकको सुझावअनुसार हामी निष्कर्षमा पुगेका हौँ । यसरी नै चुनावमा जाँदा उपयुक्त हुने हाम्रो ठहर छ ।’

कांग्रेस राेल्पाले बैठककाे निर्णयअनुसार चुनावमा भाग लिन पार्टीका क्षेत्र, पालिका तथा वडा समितिहरूलाई निर्देशन पनि दिएको जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP