
काठमाण्डाै – नेकपा एमाले र नेपाल परिवार दलबीच पालिका चुनावमा एकअर्कालाई सघाउने विषयमा सहमति भएको छ ।
एमाले र परिवार दलबीच आज बुधवार सहमतिपत्रमा हस्ताक्षर भएकाे हाे । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच पालिका चुनावमा एक–अर्कालाई सघाउने सहमतिपत्र आज सार्वजनिक भएको हो ।
दुई दलले देशभर सम्भव भएका ठाउँमा तालमेलन गर्ने, आफ्ना उम्मेदवार नभएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र जिल्ला तहमा सहमतिमा उम्मेदवार भएका ठाउँमा सूर्य चिह्नमा चुनावमा जाने सम्झाैतामा हस्ताक्षर गरेका हुन् । निर्वाचित भए पनि आफ्नै दलमा रहने पनि उल्लेख गरिएको छ । आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ ।
आजै एमाले र कमल थापा नेतृत्वकाे राप्रपा नेपालबीच पनि पालिका चुनावमा तालमेल गर्ने सम्झाैतापत्रमा हस्ताक्षर भएकाे थियाे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया