Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ओलीद्वारा घलेगाउँलाई सुखी गाउँ घोषणा

लमजुङ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एशियाकै नमूना घले गाउँलाई सुखी गाउँ घोषणा गरेका छन्।

लमजुङ क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको पर्यटकीय यस गाउँलाई आज उनले सुखी गाउँ घोषणा गरेका हुन्।

यो गाउँ समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको छ।

हेलिकप्टरमार्फत घलेगाउँ आएका अध्यक्ष ओलीले आधुनिक गाउँ र स्मार्ट भिलेजका रूपमा  घलेगाउँ अघि बढ्नुपर्ने बताए।

उनले भने “घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरुका लागि पनि उदारणीय बनेको छ, घलेगाउँबाट सिक्न जरुरी छ”

काम नगरी बस्नेखानेलाई सुखी नभनी गाउँमा बसी आफैँ उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र आर्थिकरूपमा बलियो भएकाले यस गाउँलाई सुखी गाउँ भनिएको घलेगाउँ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए।

उनले भने, “शहरमा पाउने सुविधा घले गाउँमा पाउन सकिन्छ। सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवा लगायतको सुविधा पुगेको छ।

स्थानीयले पर्यटन विकास गरी सुखी भएको र आनन्दका साथ बसेकाले सुखी गाउँ भनिएको हो”

एक सय ३० घरधुरी रहेको यहाँका सबै घरमा एकै प्रकारको रातो रङको जस्ता पाताको छानो छ।

विसं २०५७ वैशाख २३ गते प्रथम महोत्सव गरी घले गाउँमा १२ घर घरवास (होमस्टे) स्थापना गरेको यहाँ यतिबेला ४२ घरमा घरवास कार्यक्रम रहेको छ​।

होमस्टेमा एकै प्रकारका आरामदायी कोठा छन्।

सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मङ्सिर १७ गते स्मार्ट भिलेज घोषणा भएको थियो।

 गाउँ पर्यटन प्रवर्द्धन  मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृत समेत गरेको थियो।

त्यस्तै, सो अघि दुई पटक दक्षिण एशियाकै नमूना घलेगाउँ घोषणा भइसकेको छ।

जिल्लाकै सबैभन्दा बढी पर्यटक यस गाउँमा आउने गर्दछन् होमस्टे सञ्चालकले प्रतिमहिना ४० देखि ६० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्।

होमस्टे सञ्चालन गरिएको ४२ घरबाहेक अन्य घरका वासिन्दाले पर्यटकका लागि आवश्यक अन्न, तरकारी, फलफूल, मासु, अण्डालगायत उत्पादन र स्वरोजगारमा जीवनयापन गर्दै आएका छन्।

केही चोया, ऊन,  अल्लो लगायतबाट हस्तकलाका सामग्री तयार पार्छन् केहीले व्यावसायिक पसल चलाएका छन्।

भेडाको लागि गाउँलेको आफ्नै गोठ छ।

घुम्ती पशुपालन र कृषिबाट पनि गाउँलेले आम्दानी गरेका छन्।

केही वैदेशिक रोजगारीमा पनि छन्।

एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री तथा नेता भरत मोहन अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’को नारालाई सार्थक बनाउने परिकल्पना थाले अनुरुप नै घले गाउँलाई आज सुखी गाउँ बनाउन सफल भएको बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP