Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानन्यायाधीश राणाविरुद्धकाे महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

संविधान विपरीत राजनीतिक उद्देश्यबाट महाअभियोग ल्याएको भन्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले दायर गर्नुभएको रिटमाथि आज शुक्रवार सुनुवाइ भएको हो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षताको संवैधानिक इजलासमा भएको सुनुवाइपछि अन्तरिम आदेश अस्वीकार गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध लगाइएको महाभियोग प्रस्तावसँग सम्बन्धित सम्पूर्ण कागजात झिकाउन भने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । 

प्रधानन्यायाधीश राणाविरुद्ध गएको फागुन १ गते सत्ता गठबन्धनका ९८ सांसदको हस्ताक्षरमा संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको हो । प्रस्ताव दर्तासँगै राणा स्वतः निलम्बित भएपछि दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP