Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

यो चुनाव हाम्रा लागि ‘ब्याटल’ हो : प्रचण्ड

नवलपरासी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनाव माओवादीका लागि चुनाव मात्रै नभएर ‘ब्याटल’ (लडाईँ) भएको बताउनु भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आउने चुनाव माओवादीका  लागि ‘ब्याटल’ भएको बताउनु भएको हो ।

‘आउने चुनाव, हाम्रो लागि चुनवा छैन, हाम्रो लागि ब्याटल हो, लडाइ हो ,हामीले जित्दा राष्ट्रले जित्छ, हामीले हार्दा राष्ट्रले हार्छ’, कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष प्रचण्डले भन्नुभयो,  ‘आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता छ, किन छ त ? अहिले माओवादीले हार्यो भने संविधान हार्छ, गणतन्त्रले हार्छ, महिला दलित , जनजाती, थारू आदिवासी ,मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ , सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ त्यो अधिकारले हार्छ ।’ 

संविधान विरोधीहरूले गणतन्त्रलाई उल्टाउन  खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी भएकाे पनि उहाँले बताउनुभयो । देशको राजनीति अझैपनि माओवादीकै  हातमा घुमेको बताउँदै अध्यक्ष प्रचण्डले गठबन्धन संघको निर्वाचनसम्म कायम रहने बताउनुभयो । 

‘गठबन्धन भित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा हैन् ,सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तहदेखि संघको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP