Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विश्वकै शक्तिशाली राष्ट्र अमेरिका कोरोनासामु सबैभन्दा कमजोर सावित, १६ हजार बढीको मृत्यु

काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्र अमेरिका कोरोना भाइरस (कोभिड –१९)सामु सबैभन्दा कमजोर सावित भएको छ। हाल अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ६८६ पुगेको छ।

यसमध्ये आधा न्यूयोर्क सहरका रहेका छन्। त्यस्तै, देशमा ४ लाख ६६ हजार २९९ जना कूल संक्रमित रहेको मध्ये १ लाख ६२ हजार न्युयोर्कमा रहेको जनाइएको छ।

अहिले न्युयोर्क सहर एक्लैमा विश्वका अन्य कुनै देशभन्दा बढी संक्रमित रहेका छन् । अमेरिकापछि स्पेनमा १ लाख ५७ हजार संक्रमित रहेका छन् भने इटालीमा १ लाख ४३ हजार संक्रमित रहेका छन् । महामारी पहिलो पटक देखिएको चीनमा यो संख्या ८२ हजार रहेको छ ।

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको चरमविन्दु आइतबारसम्म पुग्ने अनुमान गरिएको छ । सामाजिक दुरीको नीति मे महिनासम्म जारी राखेको खण्डमा अमेरिकामा अगस्त महिनासम्ममा ६० हजार बढीले ज्यान गुमाउने अनुमान गरिएको छ ।

यसअघि यो संख्या ८२ हजार पुग्ने प्रक्षेपण गरिएको थियो । -एजेन्सी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP